शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित झापाबाट ३ जना पक्राउ

सोमबार, ०३ जेठ २०७८, १२ : ४२
सोमबार, ०३ जेठ २०७८

झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित झापा बजारबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बजार बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ घर भएका १९ वर्षीय प्रताप लिम्बु छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुको साथबाट ५ सय ३० मिलिग्राम अवैध लागुऔषध खैरो हेराइन बरामद गरिएको छ । हेरोइन जोख्ने २ थान डिजीटल तराजु पनि उनीहरुको साथमा फेला परेको छ । उनीहरुबारे लागु औषध मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप