बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कविता : कोरोना सन्देश

सोमबार, ०३ जेठ २०७८, ११ : ११
सोमबार, ०३ जेठ २०७८

 

 

 


फेरि सुरु भयो कोरोनाको दोस्रो लहर 
जताततै यसकै चर्चा संसारलाई कहर |

फेरि पनि ज्यान लियो सयौं हजारौंको
सावधानी अपनाऔं है अटेर नगरौ भो |

सबै मिलि पहिलेजस्तै डटी लड्नुपर्छ
त्यसको निम्ति सबैजना  सचेत हुनुपर्छ |

मिलेसम्म साबुन पानीले नियमित हात धोऔँ
सामाजिक दुरी कायम गरी अनुशासित बनौँ |

हामी सबले गरौँ मास्कको अनिवार्य प्रयोग
यसो गर्नाले कोरोना युद्धमा पुग्छ सहयोग |

बिनाकाम घरबाहिर ननिस्किऊँ घरीघरी
घरभित्रै बसौं अब परिवारसँग रमाइलो गरी|

हामीलाई श्वास फेर्न धेरै गाह्रो भए 
डाक्टर भेटौँ रुघाखोकी अनि ज्वरो आए |

छिटो गरी लिनु पर्छ डाक्टरको परामर्श
साथ दिऔं यसैगरी हामी नै बनि आदर्श|

-    संयोग पनेरू
कक्षा : ७
बूढानीलकण्ठ स्कूल
नारायणस्थान, काठमाडौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप