इजरायल–प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या १८८ पुग्यो, युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

एजेन्सी । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टिनी घाइते भएको उक्त मन्त्रालयलाई उदृत गर्दै टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ ।
इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ । सेनाले प्यालेष्टिनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । शनिबार राति दुबै देशका नेताहरुसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गर्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
बाइडेनले इजरायली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बाससँग एक्लाएक्लै फोन वार्ता गरेका हुन् । इजरायली र प्यालेस्टिनीबिचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा जारी युद्ध मथ्थर पार्न सम्वादले काम गर्ने विश्वास गरिएको छ ।
पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परी प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा एपी तथा अल जजिरालगायत विदेशी सञ्चारमाध्यमका कार्यालय रहेको टावरलाई पनि इजरायलले निशाना बनाएको छ ।
आक्रमणमा ती सञ्चारमाध्यमका कार्यालय रहेको भवन ध्वस्त भएको छ । मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि चीनको आग्रहमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आइतबारका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?
-
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन्, राजदूतले भेट्दा कुरा भएको हो : देउवा
-
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
-
श्रीलङ्कामा सात दिन : ती चियाबारी, त्यो रेल र त्यो रोमाञ्चक यात्रा
-
सहज बन्दैछ पोखरा यात्रा, तस्बिरहरू
-
नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक