बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु

आइतबार, ०२ जेठ २०७८, २२ : २२
आइतबार, ०२ जेठ २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका ५, कैलालीका ९, डडेल्धुराका २, बझाङका २, अछामका १, दार्चुलाका १, बैतडीका १ जना रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।  

यो अवधिमा ३७६ मा एन्टिजेन परीक्षण गर्दा ११३ जनामा कोरोना पुष्टि भएको र १२ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस्तै, १ हजार ८२० नमुनाको पीसीआर परीक्षण गर्दा ९४४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको र ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म अछामका ४, बैतडीका ९, बझाङका ४, बाजुराका २, डडेल्धुराका १०, दार्चुलाका ३, डोटीका ४, कैलालीका ९६, कञ्चनपुरका ५१ र अन्य जिल्लाका २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको उनले बताए ।

प्रदेशमा हालसम्म ३५ हजार १७२ मा एन्टिजेन परीक्षण भएकोमा ४ हजार ९६६ जनामा संक्रमण देखिएको छ । यस्तै १ लाख ६२ हजार २७८ मा पीसीआर परीक्षण गर्दा २५ हजार ४५४ जनामा संक्रमण पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप