शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वुल्भ्सलाई हराउँदै स्पर्सको युरोपियन फुटबल खेल्ने सम्भावना कायम

आइतबार, ०२ जेठ २०७८, २१ : ५८
आइतबार, ०२ जेठ २०७८

टोटनह्याम हटस्पर्सले वुल्भ्समाथि सहज जित निकाल्दै युरोपा लिगमा छनौट हुने सम्भावना बलियो बनाएको छ । आइतबार राति भएको खेलमा स्पर्स २–० गोलले विजयी बन्यो ।

स्पर्सलाई जीत दिलाउन ह्यारी केनले खेलको ४५ औँ मिनेटमा गोल गरे । यो सिजन उनको यो २२ औँ गोल थियो । दोस्रो हाफमा पिएरे एमाइल होजबर्गले अर्को गोल थप्दै स्पर्सको तीन अंक सुनिश्चित गरे ।

जीतसँगै स्पर्स लिगको छैटौँ स्थानमा रहेको छ । ३६ खेलबाट वेस्ट ह्यामसँगै समान ५९ अंक भएपनि गोलअन्तरको आधारमा अघि रहेको हो । एक खेल कम खेलेको एभर्टन आठौँ स्थानमा ५६ अंकसहित कायम रहेको छ ।

आइतबार नै भएको अन्य खेलमा क्रिस्टल प्यालेसले ५ गोलको थ्रिलरमा एस्टन भिल्लालाई ३–२ गोलले हरायो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप