शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा स्वाब संकलन गर्ने कीटको अभाव

आइतबार, ०२ जेठ २०७८, २१ : ३४
आइतबार, ०२ जेठ २०७८

ओखलढुंगामा कोभिड–१९ को लक्षण देखिएका विरामीको स्वाब संकलनका लागि आवश्यक कीटको अभाव भएको छ । लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका बिरामीको स्वाब संकलन गरेर परिक्षणका लागी विराटनगर, धरान वा काभ्रेको धुलिखेल स्थित प्रयोगशालामा ल्याउनुपर्छ । 

कीट अभाव भएको भन्दै ओखलढुंगाका कांग्रेस नेता रामहरी खतिवडाले आइतबार स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई भेटेर कीट पठाउन आग्रह गरेका छन् । समुदायमा कोरोना फैलिएको हुनाले पीसीआर र एन्टीजेन परिक्षणका लागी आवश्यक  कीट पठाउन सचिव अर्याललाई आग्रह गरेको नेता खतिवडाले रातोपाटीलाई बताए । उनले भने–‘जिल्ला अस्पतालसँग गाडी पनि छैन्, गाडीसमेत व्यवस्था गरेर परिक्षण सामग्री पठाउन आग्रह गरेको छु ।’

विराटनगर, धरान र धुलिखेलको प्रयोगशालामा स्वाब पठाएर रिपोर्ट आउँदा ५ दिन लाग्ने भन्दै ओखलढुंगामा पीसीआर परिक्षणको व्यवस्था मिलाउन खतिवडाले सचिव अर्याललाई आग्रह गरेका छन् । स्थानीय मिशन अस्पतालबाट दैनिक ४० सिलिन्डर अक्सिजन उत्पादन हुने हुनाले ओखलढुंगामा अक्सिजनको अभाव चाहिँ छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप