बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बनेपामा कोभिड अस्पतालको सेवा शुरु

आइतबार, ०२ जेठ २०७८, २० : ३४
आइतबार, ०२ जेठ २०७८

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको कोभिङ उपचार सेवाको उद्घाटन गरे । नगरपालिकाको स्वीकृतिमा सञ्चालित १५ श्ययाको  सो अस्पतालसँग सम्झौता गरी कोभिडबाट सङ्क्रमित विरामीको उपचारको लागि व्यवस्था मिलाएको छ ।

नगरपालिकाले चार शैयाको आइसियू र छ श्ययाको अक्सिजन सुविधासहित गरी दश श्यया नगरपालिकालाई कोभिड विरामी उपचारको लागि जिम्मा दिनुपर्ने सम्झौता गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले जिल्लामा विरामीको उपचारमा थप सहजता प्रदान गर्नको लागि बनेपामा नै अस्पताल सञ्चालन गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप