शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोल मेसिन : लेवान्डोस्कीले बराबरी गरे मुलरको ४९ वर्ष पुरानो कीर्तिमान

आइतबार, ०२ जेठ २०७८, २० : १८
आइतबार, ०२ जेठ २०७८

बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गर्ड मुलरले जर्मन बुन्डेसलिगामा ४९ वर्ष अघि बनाएको कीर्तिमान बराबरी गरेका छन् । शनिबार एससी फ्रिबर्गविरुद्ध गोल गर्दै लेवान्डोस्कीले एउटै सिजनमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् ।

पोल्याण्डका स्ट्राइकरले यो सिजन लिगमा २८ खेलबाट ४० गोल गरेका छन् । सन् १९७२ मा मुलरले यो कीर्तिमान बनाउँदा प्रत्येक ७७ मिनेटमा एक गोलको औसत कायम गरेका थिए । यता, लेवान्डोस्कीले भने प्रत्येक ५८ मिनेटमा एक गोलको औसतमा ४० गोल गर्न सफल भएका हुन् ।

पछिल्ला १९ खेलमध्ये १८ खेलमा उनले गोल गरेका छन् । गत फेब्रुअरी ५ उनले हेरोथा बर्लिनविरुद्धबाट मात्र गोल गर्न असफल भएका थिए ।

सन् २०१५–१६ मा लुइस सुवारेजपछि युरोपका शीर्ष ५ लिगमा एकै सिजन ४० गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन् ।

गत हप्ता बोरुसिया मोचनग्लाडबाचविरुद्ध लेवान्डोस्कीले ह्याट्रिक गर्दै जित दिलाएपछि बायर्नले लगातार नवौँ पटक लिग उपाधि जितेको थियो ।

अब शनिबार एफसी असबर्गविरुद्ध लिगको अन्तिम खेलमा लेवान्डोस्कीसँग मुलरको कीर्तिमान भंग गर्ने अवसर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप