शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमले भोलीदेखि भीओएलटीई सेवाको सुरुवात गर्दै, के हो भीओएलटीई ?

आइतबार, ०२ जेठ २०७८, २० : ०२
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि भ्वाइस ओभर लङटर्म इभोलुसन (भीओएलटीई) सेवाको परिक्षण गर्दै छ । टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको सुरुवात गर्न लागेको हो । 

टेलिकमले सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चांैथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत यो सेवा सुरु गर्न गएको जनाएको छ ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने कम्पनीले जनाएको छ । 

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# ​डायल गरी प्राप्त निर्देशनहरूको अनुशरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ । 

भीओएलटीईको संकेत देखा परेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप