शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सस्तो डिल र मकुन्डो नेपालबाट पनि खाद्य कम्पनीका वस्तु अर्डर गर्न सकिने

आइतबार, ०२ जेठ २०७८, १९ : ४८
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । कोभिड–१९ को संक्रमण र निषेधाज्ञालाई लक्षित गर्दै अनलाईन वस्तु खरिद तथा डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप सेवा विस्तार गरेको छ । कम्पनीले हाल आफ्नो आधिकारिक अनलाइन पोर्टल नेपाल फुड डट् जिओभी डट् एनपीबाट मात्र डेलिभरी सेवा प्रदान गरिरहेमा थप दुई वटा डेलिभरी पोर्टल सस्तो डिल प्रालि र मुकुन्डो नेपाल प्रालिसँग समेत साझेदारी बढाएको हो । 

सोबारे जानकारी दिँदै खाद्य कम्पनीका सूचना अधिकारी सर्मिला अधिकारी न्यौपानेले अब अनलाइन अडर तथा होम डेलिभरी चाहने ग्राहकले सस्तो डिल र मुकुण्डो नेपालबाट समेत खाद्य कम्पनीका वस्तुहरु अर्डर गर्न सक्ने बताइन् । 
यद्यपि यी कम्पनीहरुले काठमाडौं उपत्यकाभित्र मात्र होम डेलिभरी सेवा दिने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप