शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ७७७ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, ०२ जेठ २०७८, १८ : ०३
आइतबार, ०२ जेठ २०७८

गण्डकी प्रदेशमा थप ७७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा प्रदेशमा सबैभन्दा धेरै कास्कीमा ३७८ र सबैभन्दा कम मुस्ताङमा १ जनामा संक्रमण देखिएको हो । 
प्रदेशका ११ वटा जिल्लामा १ हजार ६५२ जनाको नमूना परीक्षण गर्दा थप ७७७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनकाअनुसार नयाँ संक्रमितमा कास्कीमा ३८७ , बाग्लुङमा ९९, पर्वतमा ९२ जना र स्याङजामा ६१ जना रहेका छन् । त्यस्तै गोरखामा ४९, लमजुङमा २६, म्याग्दीमा १२, मनाङमा २, मुस्ताङमा १,  नवलपरासी पूर्व र तनहुँमा २४÷२४ जनामा संक्रमण पुष्टि भएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८ हजार १८२ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १८ हजार ७६६ पुगेको छ । प्रदेशमा ८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै प्रदेशमा थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । हाल प्रदेशमा ७ हजार ८३८ जना होम आइसोलेसनमा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप