शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७४७ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा संक्रमण

आइतबार, ०२ जेठ २०७८, १७ : ५८
आइतबार, ०२ जेठ २०७८

कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको परीक्षण अनुसार पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पाइएको छ ।

७४७ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार उक्त अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–२ का ६७ वर्षीय पुरुष, धनगढी–६ का वर्षीय पुरुष र धनगढी–५ का ४५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

उक्त अस्पतालको भेन्टिलेटरमा १, आईसियुमा १५, अक्सिजन सपोर्टमा ८९, सामान्य अवस्थामा ५ जना उपचाररत रहेको श्रेष्ठले जानकारी दिए । यस्तै, ईमरजेन्सी वार्डमा २० पुरुष र ६ जना महिलाको उपचार भईरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप