पाकिस्तानको सिन्धमा गोली चल्यो, ९ जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन् । प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरु जागिरानी र चाचारबीच घण्टौसम्म भिडन्त भएको थियो ।
घटनास्थलमा प्रहरी पुग्दा दुबै समूहका हतियारधारी व्यक्तिहरुले एक अर्कामाथि गोली चलाइरहेको देखिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले शवहरु बरामद गर्नुका साथै घाइतेहरूलाई अस्पताल भर्ना गरेको छ भने दुवै समूहका व्यक्तिमाथि दुई अलग मुद्दा दर्ता गरेको छ ।
स्वचालित बन्दुक, हाते ग्रिनेड र क्षेप्यास्त्र पनि प्रयोग भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीयबासीमा त्रास फैलिएको भन्दै प्रहरीले व्यापक कारबाही अगाडि बढाएको सिन्ध प्रान्तका प्रहरी प्रमुखले बताएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’