आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

आइतबार, ०२ जेठ २०७८, १७ : ३५
आइतबार, ०२ जेठ २०७८

गुल्मीमा आइतबार एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लाको कालिगण्डकी गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको आइतबार बिहान स्याङ्जाको कालिगण्डकी अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै रेसुङ्गा नगरपालिका–२ की ७५ वर्षीय महिलाको गुल्मी अस्पतालमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

सोही अस्पतालमा धुर्कोट गाउँपालिका–२ का ३३ वर्षीय पुरुष र इस्मा गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको उक्त अस्पतालबाट जारी सूचनामा उल्लेख छ ।

यस्तै, रेसुङ्गा नगरपालिका–१ की ६६ वर्षीय महिला र सोही नगरपालिका– का ६४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ भने मालिका गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको सैनिक अस्पालमा मृत्यु भएको छ ।

वैशाख ३० गतेदेखि रेसुङ्गा अस्पतालमा भर्ना भएका रेसुङ्गा नगरपालिका–१२ का २७ वर्षीय पुरुषको आइतबार बिहान चितवन मेडिकल कलेज लैजाने क्रममा रिडीमा पुगेपछि एम्बुलेन्समै मृत्यु भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक वोम अर्यालले जानकारी दिए । स्वास्थ्य कार्यालयका फोकल पर्सन गोपालबहादुर कार्कीका अनुसार सत्यवती–७ का ८० वर्षीय पुरुषको होम आईसोलेसनमा मृत्यु भएको छ ।

यस्तै इस्मा गाउँपालिका–६ का २९ वर्षीय पुरुषको जिल्ला अस्पतालबाट थप उपचार गर्न लैजाने क्रममा पाल्पाको जोर्तेमा पुग्दा एम्बुलेन्समै मृत्यु भएको छ ।

फोकल पर्सन कार्कीले आइतबार ११ जनाको मृत्यु पुष्टि भईसकेको बताए ।

उनका अनुसार दोश्रो लहरमा संक्रमित हुनेको संख्या एक हजार १८६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ९३४ छ ।

गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट हालसम्म ६२ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप