श्रेष्ठ र चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान
प्रजातान्त्रिक विचार समाजले सामाजिक अभियन्ता एवं महिला नेतृ मैयादेवी श्रेष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने भएको छ ।
समाजले प्रत्येक वर्ष प्रदान गर्दैै आएको उक्त सम्मान गत वर्ष कोरोना संक्रमणका कारण प्रदान गर्न सकेको थिएन । त्यसैले गत वर्ष र यो वर्ष गरी एक÷एक जनालाई एकसाथ सम्मान प्रदान गर्न लागिएको समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले जनाए ।
समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसका आधारमा वैशाख ३० गते जुम प्रविधिमार्फत बसेको समाजको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष डा. केसीले जानकारी दिए । उनले भने, ‘उहाँहरुले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गर्न लागिएको हो ।’
सम्मानको राशी जनही २५ हजार रुपैयाँ र कदरपत्र छ । सो सम्मानका लागि समाजले दश लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गतेका दिन प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नियमित मितिमा प्रदान गर्न नसकिने जनाउँदै समाजले दुवै सम्मान मुलुकमा सहज वातावरण बनेपछि विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने जानकारी दिएको छ ।
२०७२ सालदेखि प्रदान गरिँदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि क्रमश कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बास्तोला, पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती