सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

भारतमा आँधी : ४ को मृत्यु, केरलमा भारी वर्षा

आइतबार, ०२ जेठ २०७८, १६ : ५३
आइतबार, ०२ जेठ २०७८

भारतको गुजरात र महाराष्ट्रसमेत ७ राज्यमा अरब सागरमा बनिरहेको चक्रवात ‘ताऊ ते’ को खतरा देखिएको छ । कर्नाटकको ६ जिल्लामा यसको नकारात्मक असर परेको छ । यी जिल्लाका ७३ गाउँ यो आँधीबाट प्रभावित भएका छन् । राज्यमा हालसम्म चारजनाको मृत्यु भइसकेको छ । यी ६ जिल्लामध्ये ३ समुद्री सीमासँग जोडिएका छन् । सबैमा पछिल्लो २४ घण्टादेखि भारी वर्षा भइरहेको छ । यहाँ ९० किलोमिटर प्रतिघण्टाको गतीमा हावा चलिरहेको छ ।

आँधीका कारण गोवाका थुप्रै जिल्लामा बिजुली आपूर्ति ठप्प भएको छ । यस्तै, केरलको थुप्रै जिल्लामा भारी वर्षा भइरहेको छ । मौसम विभागका अनुसार आँधी  गोवाको तटीय क्षेत्रसँग ठोक्किएको छ । अब यो गुजराततर्फ अघि बढिरहेको छ । यसका कारण मुम्बईसहित उत्तरी कोंकणमा केही स्थानमा आइतबारदेखि तेज हावासहित भारी वर्षा हुनसक्छ । अलर्टका कारण मुम्बई महानगरपालिकाको कोभिड केयर सेन्टरबाट ५८० बिरामीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप