सिंहदरबारमा पत्रकारको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : पार्टी मिल्छ, प्रतिनिधिसभा जीवितै छ

काठमाडौं । कुनै पनि बैठक या छलफलबाट बाहिर निस्कँदा सञ्चारकर्मीलाई विरलै मात्र प्रतिक्रिया दिने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा दुई प्रश्नको जवाफ दिए । एमाले विवाद समाधान गर्न प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा ओलीलाई सञ्चारकर्मीले घेरेर प्रश्न गर्न छुटाएनन् ।
त्यसक्रममा प्रधानमन्त्री ओलीलाई उपस्थित सञ्चारकर्मीले दुई नेताको भेटवार्ताबारे केही बोलिदिन आग्रह गरे । जवाफमा प्रधानमन्त्रीले भने, ‘माधवजी आउँदै हुनुहुन्छ ।’ सञ्चारकर्मीले त्यतिमै चित्त बुझाएनन् र फेरि सोधे ‘तपाईंले पनि अलिकति बोलिदिए हुन्थ्यो कि ? ओलीले जवाफ दिए, ‘पार्टी विवाद मिल्छ ।’
प्रधानमन्त्रीलाई सञ्चारकर्मीलाई अझै पच्छ्याइरहे । र, केही सेकेन्ड उभिएर भने, ‘म दुईवटा काममा आएको । एउटा सीसीएमसीको बैठक यो कोभिडका सन्दर्भमा । त्यो सन्दर्भमा साथीहरुले ब्रिफिङ गरिसक्नुभयो होला । अर्को माधवजीले बोल्नुहुन्छ ।’
ओलीले त्यति भनेर पाइला चालेपछि पुन सञ्चारकर्मीले सोधे –एमाले विवाद मिल्ने दिशातिर लागेको हो की ? ‘मिल्छ’, ओलीको जवाफ थियो । यति भनेर गाडीमा चढ्न लागेका ओलीलाई अर्को बजेटबारे प्रश्न तेर्सियो । त्यसमा प्रधानमन्त्रीको जवाफ आयो ‘प्रतिनिधिसभा जीवितै छ ।’
ओलीपछि बैठकस्थलबाट निस्केका एमाले नेता माधवकुमार नेपालले पार्टी विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन गरेको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
-
आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म