शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘राधे’ लिक भएपछि भड्किएका सलमानले दिए चेतावनी, साइबर सेलले कारवाही लिने

आइतबार, ०२ जेठ २०७८, १५ : ४८
आइतबार, ०२ जेठ २०७८

सलमान खानको फिल्म राधे – योर मोस्आ वान्टेड भाइ इदको दिन रिलिज गरिएको छ । रिलिजका साथै फिल्मले ४.२ मिलियन भ्यूजको इतिहास रचिसकेको छ । एकातिर सलमानलाई आफ्नो फिल्मको यो उपलब्धिसँग खुसी छ, यस्तै अर्कोतर्फ पाइरेटेड साइट्समा आफ्नो फिल्म स्ट्रिम हुँदा उनी असाध्यै रिसाएका छन् । सलमानले ट्वीट गरेर पाइरेसीविरुद्ध आफ्नो रोष व्यक्त गरेका छन् ।

नायकले ट्वीट गरे, ‘हामीले तपाईंलाई फिल्म राधे २४९ भारुको निकै उचित मूल्यमा दियौं । यसको बावजूद पाइरेटेड साइट्स राधेलाई गैर कानूनी रुपमा स्ट्रिम गरिरहेका छन् जुन एक गम्भीर अपराध हो । साइबर सेलले यी पाइरेटेड साइट्सविरुद्ध एक्सन लिइरहेको छ । कृपया पाइरेसीमा समावेश नहुनु होस् नभए साइबर सेलले तपाईंविरुद्ध कारवाही गर्नेछ । कुरा बुझ्नुहोस् तपाईं साइबर सेलसँग निकै ठूलो समस्यामा फस्नु हुनेछ ।’

यूएईमा पहिलो दिन यति कमाईः

स्मरण रहोस्, राधे फिल्मलाई यूएईमा थिएटर्सको ५० प्रतिशत क्षमतासहित रिलिज गरियो । यहाँ ओपनिङ डेमा राधेले ३७९,००० अमेरिकी डलरको कमाई गर्‍यो । यो सलमान खानको पछिल्लो फिल्म ‘दबंग थ्री’ भन्दा बढी त हो ‘गोडजिला भर्सेस कङ्ग’ को तुलनामा बढी ओपनिङ डे कलेक्सन पनि हो ।

राधेको रिलिजमा सलमानका प्रशंसकले विदेशको सिनेमाघरदेखि स्ट्रिमिङ प्लेटफर्ममा अत्यधिक मात्रामा बुकिङ गरे । फलस्वरुप यो रिलिजको दिन सबैभन्दा हेरिने फिल्म बन्यो । यतिमात्रै नभई अत्यधिक संख्यामा लग इन गरेका कारण सर्भर डाउन क्र्यास भयो ।

राधेलाई आइएमडीबीको सबैभन्दा कम रेटिङः

फिल्मको कुरा गर्ने हो भने यसमा सलमान खानबाहेक दिशा पाटनी, रणदीप हुड्डा र ज्याकी श्रोफ मुख्य भूमिकामा छन् । फिल्ममा टिभी अभिनेता गौतम गुलाटीले पनि भिलेनको महत्वपूर्ण भूमिका निभाएका छन् । कमाईको मामिलामा राधेले राम्रै काम गरेको छ तर आइएमडीबी रेटिङ हेर्ने हो भने सलमानको हालसम्मको सबैभन्दा कम रेटिङ भएको फिल्म हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप