आगामी बजेटबारे ओलीले भने– प्रतिनिधिसभा जिवितै छ (भिडियो सहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए ।
आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’
आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने प्रक्रियामा ढिलाइ भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउनसक्ने चर्चा चलिरहेको बेला ओलीले नियमित प्रक्रिया बाटै बजेट ल्याउने बताएका हुन् । संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली सरकार एक महिनापछि रहने नरहने निश्चित छैन । यस्तो अवस्थामा बजेट पनि कसरी आउँछ भन्ने टुंगो छैन । उसो त सरकारले बजेट अधिवेशन समेत आह्वान गरेको अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
