स्वास्थ्यमन्त्रीको गुनासो: कोभिडका गम्भीर बिरामीलाई सिनियर डाक्टरले हेरेनन्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितको उपचारमा सिनियर डाक्टरहरु जिम्मेवार नबनेको आरोप लगाएका छन् । कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै उनले त्यसो गर्न नहुनेमा सचेत समेत गराए ।
कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा निजी क्षेत्रका व्यक्तिहरुसँग छलफलमा मन्त्री त्रिपाठीले मन्त्रालयले कोभिडको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यका पहिलेका कर्मचारीलाई फर्किन आग्रह गरिएको समेत बताए ।
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तदारुकताका साथ काम गरिरहेको दावी समेत सो क्रममा उनले बताए । यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने जारी निषेधाज्ञालाई प्रभावकारी बनाउनुपर्ने बताए । घरमा आईशोलेसनमा बस्दा संक्रमण फैलिने खतरा भएकाले आइसोलेसन सेन्टरको संख्या बढाउनुपर्ने उनको भनाई छ ।
सो क्रममा उनले परीक्षणको दायरा बढाउनुपर्ने, आइसियु र भेन्टिलेटरको जनशक्ति बाहिरी जिल्लामा पनि पठाउनुपर्ने तथा हाई फ्लो अक्सिजन लिनुपर्ने बिरामीको लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने व्यवस्था समेत गरिनुपर्नेमा जोड दिए ।
संकटको समयमा अक्सिजन सिलिन्डर गायब पार्ने काम भएको भन्दै उनले प्रशासनले सिलिन्डर खोज्नुपर्ने पनि बताए । अक्सिजन प्लान्ट निर्माणमा अनुदानको व्यवस्था गरेर नीजि क्षेत्रलाई काम गर्न दिए छिटो निर्माण हुन सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
-
स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार
-
नेपाली सेनाले विदेशीसँग कहिले र कहाँ–कहाँ युद्ध गर्यो ?
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
-
अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना