बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्रीको गुनासो: कोभिडका गम्भीर बिरामीलाई सिनियर डाक्टरले हेरेनन्

संकटको समयमा अक्सिजन सिलिन्डर गायब पारियो : मुख्यमन्त्री पोखरेल
आइतबार, ०२ जेठ २०७८, २० : ००
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितको उपचारमा सिनियर डाक्टरहरु जिम्मेवार नबनेको आरोप लगाएका छन् । कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै उनले त्यसो गर्न नहुनेमा सचेत समेत गराए । 

कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा निजी क्षेत्रका व्यक्तिहरुसँग छलफलमा मन्त्री त्रिपाठीले मन्त्रालयले कोभिडको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यका पहिलेका कर्मचारीलाई फर्किन आग्रह गरिएको समेत बताए । 

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तदारुकताका साथ काम गरिरहेको दावी समेत सो क्रममा उनले बताए ।  यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने जारी निषेधाज्ञालाई प्रभावकारी बनाउनुपर्ने बताए । घरमा आईशोलेसनमा बस्दा संक्रमण फैलिने खतरा भएकाले आइसोलेसन सेन्टरको संख्या बढाउनुपर्ने उनको भनाई छ । 

सो क्रममा उनले परीक्षणको दायरा बढाउनुपर्ने, आइसियु र भेन्टिलेटरको जनशक्ति बाहिरी जिल्लामा पनि पठाउनुपर्ने तथा हाई फ्लो अक्सिजन लिनुपर्ने बिरामीको लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने व्यवस्था समेत गरिनुपर्नेमा जोड दिए । 

संकटको समयमा अक्सिजन सिलिन्डर गायब पार्ने काम भएको भन्दै उनले प्रशासनले सिलिन्डर खोज्नुपर्ने पनि बताए । अक्सिजन प्लान्ट निर्माणमा अनुदानको व्यवस्था गरेर नीजि क्षेत्रलाई काम गर्न दिए छिटो निर्माण हुन सक्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप