त्रिवि शिक्षण अस्पतालका कोरोना सङ्क्रमितलाई निःशुल्क खानाको व्यवस्था
काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनको सक्रियतामा कोरोना सङ्क्रमितलाई निःशुल्क खाना खुवाइएको हो ।
विपद्को समयमा कोरोना सङ्क्रमित भएर अस्पताल बसेका बिरामीलाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले विगत चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामीलाई खानाको व्यवस्था गरिएको काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
यस्तै सोही संस्थाको सहयोगमा नुवाकोटको त्रिशूली अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमित बिरामीलाई आजदेखि निःशुल्क खानाको व्यवस्था गरिएको छ । सभापति केसीले सम्बन्धित अस्पतालका चमेना गृहले कोरोना सङ्क्रमित बिरामीलाई खाना खुवाउने र खाना खुवाउँदा लाग्ने आवश्यक खर्च नुवाकोट काँग्रेस, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनले व्यहोर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर