मङ्सिरमा उद्घाटन भएको भेन्टिलेटर अझै सञ्चालन भएन
धादिङ । गत वर्ष उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर जिल्ला अस्पतालमा जडान गरियो । दुई भेन्टिलेटर र आठ श्ययाको आइसियु कक्षसमेत अस्पतालले निर्माण सम्पन्न ग¥यो तर भेन्टिलेटर आएको लामो समय भइसक्दा सञ्चालन हुन सकेको छैन ।
भेन्टिलेटर सञ्चालन हुन नसक्दा कोरोना भाइरस महामारीका कारण बिरामी परेका र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्थाका बिरामीको ज्यान गइसकेको छ । दक्ष जनशक्ति र अक्सिजन व्यवस्थापन हुन नसक्दा भेन्टिलेटर भएर पनि सञ्चालन गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए ।
एनेस्थेसियालोजिस्ट एक, फिजिसियन एकजना र अक्सिजन प्लान्ट नभई चलाउन नसकिने भएकाले अस्पतालमा भेन्टिलेटरले बिरामी हेरेर बसिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । श्वासप्रश्वासमा अति कठिन पर्दासमेत मानिस बचाउन सकिने भएकाले गत वर्ष कोरोना महामारी भएका बेला वाग्मती प्रदेश सरकारले भेन्टिलेटर उपलब्ध गराएको थियो ।
अस्पतालले कर्मचारी अभाव र अक्सिजनको व्यवस्थापन गर्न नसक्दा अत्यावश्यक पर्ने भेन्टिलेटरसमेत सञ्चालन गर्न सकेको छैन । यहाँबाट नुवाकोट सिफारिस गरिएका दुई कोरोना सङ्क्रमित बिरामीको ज्यानसमेत गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल