बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेडिकल कलेज कोहलपुरमा दैनिक ४०० जनालाई खाना खुवाउँदै केएल दुगड समूह

आइतबार, ०२ जेठ २०७८, १४ : १८
आइतबार, ०२ जेठ २०७८

कोहलपुर । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरूलाई २ महिनासम्म खान पुग्ने खाद्यान्न के.एल. दुगड समूहले उपलब्ध गराउने भएको छ । कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानिय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के.एल. दुगड समूहले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।

बाँके र यस आसपासको जिल्लाहरूबाट आएका संक्रमित र कुरुवा आफन्तहरूलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन । प्रत्येक दिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याइएको कार्यक्रमको शुभारम्भमा अशोक कोइरालाले बताए । उनले भने, ‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल ब्यवसायी डराइरहेको अवस्था र किनेर खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणिक अवस्था देखेपछि हामीले अभियान चलायौँ ।’ 

सहुलियत खाना कार्यक्रममा प्रति छाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि ब्यवस्थापन गरिएको छ । कार्यक्रम मा २ महिनालाई आवस्यक पर्ने खाध्यान्न के.एल. दुगड समूहले सहयोग गरेको छ भने अन्य आवश्यक सामाग्री नेपालगन्ज स्थित अन्य उद्योगी व्यवसायीहरुले सहयोग गरेका छन् । 

संक्रमित र संक्रमितका कुरुवाले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत २ महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराइएको के एल दुगड समूह​का प्रबन्धक  प्रदिप छाजेडले बताए । ‘संक्रमित र कुरुवालाई निकै समस्या परेको थियो, स्थानिय समाजसेवी तथा नेता साथीहरुले प्रस्ताव ल्याउनु भयो हामीले चामल र दाल दिन्छौं भन्यौं ।’ छाजेडले भने । 

बाँके र यस आसपासबाट आएका संक्रमित तथा संक्रमितका कुरुवाहरूले खाना, नास्ता र पानी समेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप