शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मर्चेण्ट बैंकिङ्गका सबै कारोबार अनलाइनमार्फत हुने, अन्य सेवा हाललाई बन्द

आइतबार, ०२ जेठ २०७८, १४ : ००
आइतबार, ०२ जेठ २०७८

काठमाडौं  । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवार अनलाइनमार्फत गरी अन्य कारोबार हाललाई स्थगित गर्न निर्देशन दिएको छ । 

बोर्डको निर्देशन बमोजिम मर्चेण्ट बैंकरहरुले आफ्ना ग्राहकहरुलाई अनलाइन मार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पूर्ण सेवाहरु हाललाई स्थगित गरिएको जनाएका छन् । 

नेपाल सरकारले अत्यावश्यक कार्य बाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागु गरेको अवस्थामा मर्चेण्ट बैंकरहरुलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिस्टम संचालनको लागि कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउने गरि वर्क फ्रम होममार्फत कार्य संचालन गर्न निर्देशन दिएको थियो । सोहीअनुसार संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधिभर अनलाइन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहकमा नेपाल मर्चेण्ट बैंकर एसोसियसनले अनुरोध समेत गरेको छ ।

एसोसियसनले शेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाइन मार्फत तथा तथा  शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत अनुरोध गरेको छ । अनलाइन कारोबारका क्रममा मेरो शेयर वा इडिआईयस सम्बन्धी केहि समस्या आई परेमा कम्पनीको फोन नम्बर तथा वेभ साइटमा उल्लेख गरिएको इमेल र मोबाइल नम्बरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न पनि अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप