प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् ।
गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ । स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनका लागि आश्रयस्थलको खोजीमा भागेका छन् । अन्तर्राष्ट्रिय समुदायले बढ्दो संघर्ष समाप्त गर्न आव्हान गरिरहेको छ । शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासलाई फोन गरेर जारी हिंसाबारे चिन्ता प्रकट गरेका थिए ।
आइतबार अबेर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दैछ र यस बैठकमा दुई देशबीचको तनावका विषयमा छलफल हुनेछ । प्यालेस्टाइनी अधिकारीहरुका अनुसार गत सोमबार लडाइँ सुरु भएयता गाजामा ४१ बालबालिकासहित १ सय ४८ जनाभन्दा धेरै ज्यान गुमाइसकेका छन् । त्यसैगरी इजरायलमा १० जनाभन्दा धेरै ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा