सलमानको स्टारडमले चलेन राधे, मिल्यो सबैभन्दा कम रेटिङ
एजेन्सी । लामो समयदेखि दर्शकहरु बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्मको प्रतिक्षा गरिरहेका थिए । १३ मेइमा ‘राधे– योर मस्ट वान्डेट भाई’ रिलिज भयो । लकडाउनका कारण यस फिल्मलाई ओटीटी प्लेटफर्म जी ५ मा रिलिज गरिएको थियो । तर रिलिज हुनअघि नै चर्चा बटुलेको यो फिल्मले सोचेजस्तो प्रतिक्रिया पाएन । सलमान र फिल्मका निर्माताहरुले जे अपेक्षा गरेका थिए, अहिले यति राम्रो समिक्षा यस फिल्मले बटुलेको छैन ।
आईएमडिबीमा यस फिल्मलाई राम्रो रेटिङ मिलेन । कुल १० रेटिङमा यसले केवल २ दशमलव १ रेटिङमात्रै पायो । जसको अर्थ सलमान खानको स्टारडम यसपटक पुरै फ्लप भयो । दर्शकको कुरा गर्ने हो भने अहिलेसम्म केवल ४२ लाख जनाले यो फिल्म हेरेका छन् ।
राधे रिलिज हुनुअघि सामाजिक सञ्जालमा यस फिल्म बाइकट गर्न माग गर्दै अभियान नै चलेको थियो । स्वर्गीय अभिनेता सुशान्तसिंह राजपूतका फ्यानहरुले यस्तो अभियान चलाएका थिए । ह्यासट्याग वाइकट राधे सामाजिक सञ्जालमा ट्रेडिङमा आएका थियो ।
बलिउडमा दिग्गज निर्देशक महेश भट्टको फिल्म ‘सडक २’ पनि राम्रो चल्न सकेन । फिल्म रिलिज भएसँगै मानिसहरुले लाईकभन्दा धेरै डिसलाईक गरेका थिए । जसकारण यो फिल्म धेरै डिसलाईक्स हासिल गर्ने फिल्म बनेको थियो । अब यो फिल्म २०२० को सबैभन्दा ठूला फ्लप साबित भएको छ ।
सलमानले निभाए वाचा
फिल्म रिलिज हुनुअघि नै सलमान खानले फिल्मबाट आएको आम्दानीको केही रकम कोरोना पीडितलाई दान दिने बताएका थिए । फिल्म फ्लप भएपछि अब निर्मातालाई पनि सलमानले सहयोग गर्छन् ? भन्ने प्रश्न उठेको छ ।
सलमालन अहिले फ्रन्टलाइन वर्करहरुलाई सहयोग गरिरहेका छन् । केही समयअघि उनले फ्रन्टलाइन वर्करहरुलाई खाना पठाएका थिए । त्यस्तै दैनिक ज्यालादारीमा काम गर्ने २५ हजार मजदुरहरुको खातामा उनले १५ सय रुपैयाँ पठाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई