बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सलमानको स्टारडमले चलेन राधे, मिल्यो सबैभन्दा कम रेटिङ

आइतबार, ०२ जेठ २०७८, १३ : २९
आइतबार, ०२ जेठ २०७८

एजेन्सी । लामो समयदेखि दर्शकहरु बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्मको प्रतिक्षा गरिरहेका थिए । १३ मेइमा ‘राधे– योर मस्ट वान्डेट भाई’ रिलिज भयो । लकडाउनका कारण यस फिल्मलाई ओटीटी प्लेटफर्म जी ५ मा रिलिज गरिएको थियो ।  तर रिलिज हुनअघि नै चर्चा बटुलेको यो फिल्मले सोचेजस्तो प्रतिक्रिया पाएन । सलमान र फिल्मका निर्माताहरुले जे अपेक्षा गरेका थिए, अहिले यति राम्रो समिक्षा यस फिल्मले बटुलेको छैन । 

आईएमडिबीमा यस फिल्मलाई राम्रो रेटिङ मिलेन । कुल १० रेटिङमा यसले केवल २ दशमलव १ रेटिङमात्रै पायो । जसको अर्थ सलमान खानको स्टारडम यसपटक पुरै फ्लप भयो । दर्शकको कुरा गर्ने हो भने अहिलेसम्म केवल ४२ लाख जनाले यो फिल्म हेरेका छन् । 

राधे रिलिज हुनुअघि सामाजिक सञ्जालमा यस फिल्म बाइकट गर्न माग गर्दै अभियान नै चलेको थियो । स्वर्गीय अभिनेता सुशान्तसिंह राजपूतका फ्यानहरुले यस्तो अभियान चलाएका थिए । ह्यासट्याग वाइकट राधे सामाजिक सञ्जालमा ट्रेडिङमा आएका थियो । 

बलिउडमा दिग्गज निर्देशक महेश भट्टको फिल्म ‘सडक २’ पनि राम्रो चल्न सकेन । फिल्म रिलिज भएसँगै मानिसहरुले लाईकभन्दा धेरै डिसलाईक गरेका थिए । जसकारण यो फिल्म धेरै डिसलाईक्स हासिल गर्ने फिल्म बनेको थियो । अब यो फिल्म २०२० को सबैभन्दा ठूला फ्लप साबित भएको छ । 

सलमानले निभाए वाचा

फिल्म रिलिज हुनुअघि नै सलमान खानले फिल्मबाट आएको आम्दानीको केही रकम कोरोना पीडितलाई दान दिने बताएका थिए । फिल्म फ्लप भएपछि अब निर्मातालाई पनि सलमानले सहयोग गर्छन् ? भन्ने प्रश्न उठेको छ ।

सलमालन अहिले फ्रन्टलाइन वर्करहरुलाई सहयोग गरिरहेका छन् । केही समयअघि उनले फ्रन्टलाइन वर्करहरुलाई खाना पठाएका थिए । त्यस्तै दैनिक ज्यालादारीमा काम गर्ने २५ हजार मजदुरहरुको खातामा उनले १५ सय रुपैयाँ पठाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप