शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए यूकेले एकसय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउँदै

आइतबार, ०२ जेठ २०७८, १३ : १८
आइतबार, ०२ जेठ २०७८

 गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिबार बसेको आकस्मिक बैठकले  नेपालमा एकसय थान अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको छ । 

लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी समेतको रोहबरमा भएको सो आपतकालिन बैठकमा अक्सिजन कन्सन्ट्रेटर सहयोग पठाउने घोषणा गरिएको हो । बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाको सहयोगमा कम्तीमा एक सय थान  अक्सिजन कन्सन्ट्रेटर पठाउने घोषणा एनआरएनए यूकेले गरेको छ । 

शनिबारको आपतकालीन बैठकबाटै उपस्थित संघसंस्थाका प्रतिनिधिले ६४ वटा कन्सन्ट्रेटर  बराबरको सहयोग घोषणा गरिसकेका छन्  । बैठकमा सहभागीहरुले  संस्थागत तथा व्यक्तिगतरुपमा समेत अक्सिजन कन्सन्ट्रेटर किन्न सहयोग गर्ने घोषणा गरेका थिए  । एउटा अक्सिजन कन्सन्ट्रेटर किन्न करिब ७ सय डलर पर्ने जनाइएको छ । 

सहयोग गरिने अक्सिजन कन्सन्ट्रेटर खरिद र वितरणमा एनआरएनए आइसीसी समेतसँग समन्वय गर्ने योजना छ ।  एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको  अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि राजदूत रेग्मीले मातृभूमिका लागि बेलायतस्थित नेपालीको सहयोग प्रशंसनीय भएको बताउंदै अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल पठाउन समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका थिए। 

अक्सिजन कन्सन्ट्रेटरको खरिद तथा वितरणमा सरकारी स्तरबाट सम्भव हुने सबै सहयोगको पहल गर्ने विश्वास दिलाए । बैठकमा सहभागीहरुले  संस्थागत तथा व्यक्तिगतरुपमा समेत अक्सिजन कन्सन्ट्रेटर किन्न सहयोग गर्ने घोषणा गरेका थिए  । सहयोग गरिने अक्सिजन कन्सन्ट्रेटर खरिद र वितरणमा एनआरएनए आइसीसी समेतसँग समन्वय गर्ने योजना छ ।  

राजदूत रेग्मीले मातृभूमिका लागि बेलायतस्थित नेपालीको सहयोग प्रशंसनीय भएको बताउंदै अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल पठाउन समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका थिए। अक्सिजन कन्सन्ट्रेटरको खरिद तथा वितरणमा सरकारी स्तरबाट सम्भव हुने सबै सहयोगको पहल गर्ने विश्वास दिलाए ।

एनआरएनएका महासचिव डा हेम राज शर्माले तत्काल अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरहरु पठाउन आग्रह गरे । शर्माले विदेशमा संकलन भएको सहयोगलाई नेपाल सम्म पुराउनको संघले आवश्यक सहयोग गर्ने बताए । 
यसैगरी गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिमखडाले महाभूकम्पको भन्दा अहिले स्थिति बढी भयावह रहेको बताए । उनले एउटा ठोस ‘एक्सन प्लान’ बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । 

गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले यो महामारी देशलाई सेवा गर्ने अवसर भएको बताए । उनले नेपालमा अहिले अस्पतालमा अक्सिजनको अभाव हुँदा राम्रो उपचार हुन नसकेको भन्दै सबैलाइ कांधमा कांध मिलाएर देशको सेवामा लाग्न आग्रह गरे । 

 संघका यूरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सिनाले अहिले देशमा स्वास्थ्य संकट रहेकोले सबैजना ऐक्यबद्ध भएर सहयोग गर्नु पर्ने वेला आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप