शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यो हिन्दी गीतको रातारात बिकेको थियो ७० लाख क्यासेट, गिनिज बुकमा नाम दर्ता

आइतबार, ०२ जेठ २०७८, १३ : १७
आइतबार, ०२ जेठ २०७८

सिनेमा जगतमा गीतको पनि निकै ठूलो महत्व छ, चाहे त्यो फिल्मको गीत होस् वा एल्बमको गीत । आजको समयमा गीत रिलिज हुने बित्तिकै मानिसहरुले त्यो सुनेर आफ्नो धारणा सोसल मिडियामा व्यक्त गरिदिन्छन् । आजकाल गीत सुन्नका लागि पनि विभिन्न किसिमका एप्स आएका छन् । तर एक समय यस्तो थियो जब मानिसहरु गीत सुन्नका लागि अडियो क्यासेट वा रेडियोको सहारा लिनु पर्दथ्यो । त्यो समयमा स्मार्टफोन। ल्यापटप वा आइप्याड थिएनन् । त्यो समयमा एउटा यस्तो गीत रिलिज भएको थियो जुन अत्यधिक चर्चित भएको थियो । त्यो जमानाको चर्चित गीतको बोल थियो – तुम तो ठहरे परदेसी साथ क्या निभाओगे । यो गीत हामीमध्ये धेरैले सुनेका छौं होला । आज हामी तपाईंलाई यो गीतबारे केही रोचक जानकारी उपलब्ध गराउँदैछौं ।

‘तुम तो ठहरे परदेसी’ गीत तपाईंले कुनै न कुनै बेला पक्कै पनि सुन्नुभएको होला । ९० को दशकमा रिलिज भएको यो गीतको ७० लाख क्यासेट रातारात बिक्रि भएको थियो । यो गीत सन् १९९४ मा रिलिज भएको थियो र यो गीतका लागि मानिसहरु यति क्रेजी भएका थिए कि मार्केटमा यो क्यासेट आउने बित्तिकै बिक्रि हुने गर्दथ्यो । स्थिति यस्तो थियो कि क्यासेट समाप्त हुने बित्तिकै मानिसहरु क्यासेट खरिद गर्नका लागि मानिसहरु अर्को शहरमा पुग्ने गर्दथे ।

आजको समयमा अरिजित सिंहको गीतमा मानिसहरुको जति क्रेज छ, ठिक त्यस्तै नशा त्यतिबेला गायक अलताफ राजाको यो गीतमा चढेको थियो । अल्ताफ राजाले यो गीतको भिडियो नै लिएर आएका थिए जसका कारण पनि यो अत्यधिक चर्चित बन्न सफल भएको थियो ।

यो गीतको रातारात लाखौं अडियो क्यासेट बिकेका कारण यसलाई वर्षको सबैभन्दा चर्चित गीत पनि मानिएको थियो । सबैभन्दा धेरै अडियो क्यासेट बिक्री भएका कारण यो गीत हिन्दी एल्बमको एउटा यस्तो गीत बनेको थियो जसको नाम गिनिज वर्ल्ड रेकर्ड’ मा दर्ता गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप