सिंहदरबारमा ओली– नेपाल वार्ता
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको समय तय भएको छ । पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच केहीबेरमा भेटवार्ता हुन लागको हो ।
एमाले संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङले दिउँसो १ बजे दुई नेताबीच सिंहदरबारमा भेटवार्ताको समय तय भएको जानकारी दिए ।
दुई नेताबीचको भेटवार्तामा विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने दुवै नेता निकट स्रोतले बताएको छ ।
गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिदै कार्यदलमा रहने सदस्य टुंग्याउन छलफलमा बस्न लागेका हुन् ।
गत शुक्रबार सिंहदरवारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो । माधव नेपाल समूहबाट कार्यदलमा रहने व्यक्ति लगभग टुंगो लागेपनि ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्यको टुंगो लागेको छैन ।
नेपाल पक्षबाट भने कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने यसअघि नै टुंगो लागेको थियो । ओली आफ्नो तर्फबाट कार्यदलमा रामबहादुर थापालाई समेत राख्ने तयारीमा छन् । तर माधव पक्षले थापालाई राख्न नहुने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी