मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला

आइतबार, ०२ जेठ २०७८, १२ : ३९
आइतबार, ०२ जेठ २०७८

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ को वालवन वालखोलामा एक पुरूषको शव फेला परेको छ। 

शनिबार साँझ ५ बजे पानीमा घोप्टो परेको अवस्थामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए। 
  
डिएसपी गिरीका अनुसार अहिलेसम्म मृतकको पहिचान खुल्न सकेको छैन । 

प्रहरीका अनुसार शवको हुलिया गहुँगोरो वर्णको रहेको छ । दाहिने हातको बुढी औँला र चोरी औँलाको बिचमा 'C' लेखिएको ट्याटु भएको उक्त पुरुषको ५ फिट ८ इन्चको मझौला शरीर भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, बायाँ खुट्टाको पिडौलादेखि बायाँ खुट्टाको कान्छी औँलासम्म पुरानो खत भएको प्रहरीले जनाएको छ । 

प्रहरीले बायाँ खुट्टाको पिडौलादेखि बायाँ खुट्टाको कान्छी औँलासम्म दुर्घटनाबाट चोट लागेको तर निको भएको खत समेत रहेको उल्लेख गरेको छ । 

प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगिएको छ। 

उनलाई चिन्नेले प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप