शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा अशक्त युवतीमाथिको बलात्कार गाउँमै मिलाउने प्रयास

आइतबार, ०२ जेठ २०७८, ११ : ५३
आइतबार, ०२ जेठ २०७८

महोत्तरीको बलेवा नगरपालिका–११ मा शारीरिक रुपमा अशक्त एक युवती बलात्कृत भएकी छिन् । वैशाख २६ मा भएको सो बलात्कारको घटना गाउँमै मिलापत्र गराउने प्रयास गरिएको छ । 

२० वर्षीया युवतीलाई साँझ घरमा कोही नभएको मौकामा ३५ वर्षीय राजा उल्लाह शेषले बलात्कार गरेका थिए । हिँड्डुल तथा बोलचाल समेत गर्न नसक्ने युवतीलाई बलात्कार गर्ने निकाल टोल बस्ने आरोपी फरार छन् ।

बलात्कारको घटनालाई गाउँमै मिलाउनका स्थानिय पञ्चहरूले पीडित परिवारलाई दबाब दिदैँ आएको बताइएको छ । स्थानिय अगुवाको दवावका कारण पीडितले  प्रहरी कार्यालयमा ढिला उजुर गरेका थिए । 

बलात्कार गरेको ४ दिनपछि मात्र प्रहरीले घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता (डिएसपी) प्रकाश विष्टले रातोपाटीलाई बताए । ‘जाहेरी दर्ता गरेका छौं’ डिएसपी विष्टले भने–‘आरोपी फरार छन्, हामी खोजिरहेका छौं ।’ 

पीडितका परिवारले सो घटनापछि असुरक्षित महसुस भएको भन्दै जिवन रक्षाका लागी आवाज उठाउन पत्रकार र  मानवअधिकारकर्मीसँग माग गरेका छन् । 

महोत्तरीका एसपी दिनेशकुमार आचार्यले गाउँमा छलफल भइसकेपछि मात्रै प्रहरीकहाँ जाहेरी आएको बताए । आरोपीको खोजी भइरहेको बताउँछन् एसपी आचार्य । 

बलात्कारपछि स्थानीय अगुवाहरुले ‘हल्ला गर्नुहुन्न’ भनेर पीडितलाई दवाव दिएको युवतीका परिवारले प्रहरीलाई बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप