शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्ञानेन्द्र र जमुनाको गीतमार्फत चेतावनी ‘सिंहदरबार कब्जा हुनसक्छ’

आइतबार, ०२ जेठ २०७८, ११ : ०९
आइतबार, ०२ जेठ २०७८

नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो ।

ज्ञानेन्द्र अधिकारी र जमुना बिसीको स्वर रहेको रोमान्टिक शैलीमा तयार गरिएको गीतमा ‘गायक गायिकाले गाउन पाउनु, पत्रकारले लेख्न पाउनु, कानुन कहाँ छ, न्याय कहाँ छ जनताले देख्न पाउन’ जस्ता शब्दले प्रथामिकता पाएका छन् ।

गीतमा दुर्गमका जनताले बिकास र सम्पुर्ण नेपाली हाम्रो नदीनाला आफ्नो भन्न नपाएको पीडा समेत पोखिएको छ । 

गीतको भिडियोमा ऋषि धमला, कलाकार धिरेन शाक्य, विशाल बिष्ट, नेपाली रेसलर हिक्मत थपलिया लागयतको अभिनय देख्न सकिन्छ । थुप्रै कोरास र राष्ट्रिय झण्डाको प्रयोग समेत गरिएको गीतका भिडियो समेत आकर्षक बनेको छ ।

गीतमा जनताले विद्रोहको गीत आउन थालेकोले देशको अवस्था यस्तै रहे सिंहदरबार समेत छिट्टै कब्जा हुन सक्ने बताइएको छ ।

जातजाति, बेरोजगारी, सुकुम्बासीलगायत देशको थुप्रै समस्याको उठान गीतमा उठान गरिएको छ । भिडियोमा पनि सबै जातजाति र सांस्कृतिक पहिरन प्रयोग गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप