मङ्गलग्रहमा चीनको पहिलो यान अवतरण

बेइजिङ । चीनले पठाएको एउटा यानले रातो मङ्गल ग्रहमा अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना दिएका छन् ।
चीनले पृथ्वीबाहेक कुनै ग्रह वा उपग्रहमा पहिलो पटक आफूले विकास गरेको यान अवतरण गराएको छ । सीएनएसएका प्रमुख झाङ केजियानले चिनियाँ अन्तरिक्ष नियन्त्रण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मङ्गल खोज अभियान पूर्ण सफल भएको घोषणा गरेका थिए । रोबोट मङ्गल ग्रहको सतहमा अवतरण गरेको जानकारी प्राप्त हुनासाथ नियन्त्रण कक्षमा खुशी र उमङ्ग छाएको थियो ।
उनले चीनको अन्तरिक्ष खोजका लागि यो एउटा अर्को महत्वपूर्ण कोशेढुङ्गा रहेको बताए । तियानवेन–१ नामको यान मार्फत पठाइएको झुरोङ मङ्गल ग्रहको दक्षिणी युटोपिया प्लानिटियामा अवतरण गरेको थियो । बेइजिङ समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा अवतरण गरेको नियन्त्रण कक्षले जनाएको छ ।
मङ्गल ग्रहमा अवतरण गरेपश्चात् उक्त रोबोटले विस्तारै सोलार प्यानल र एन्टेना खोलेको र त्यसपछि सिग्नल पठाउन थालेको थियो । पृथ्वीबाट मङ्गलग्रहबीचको दूरी ३२ करोड किलोमिटर टाढा रहेकाले समय अन्तराल १७ मिनेट रहेको छ ।
तियानवेन–१ गत जुलाई २३, २०२० मा दक्षिणी चीनको हैनानबाट प्रक्षेपण गरिएको थियो । यसमा एउटा अर्बिटर, ल्यान्डर र रोभर (रोबोट) रहेको थियो । ६ पाङ्ग्रा भएको झुरोङ नामको यस रोबोटको तौल २० केजी छ र यसको आयु करिब तीन महिना हुने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् ।
मङ्गल ग्रहमा यसअघि अमेरिकाले एउटा यान यसै वर्ष अवतरण गराएको थियो । विश्वमै चीन मङ्गल ग्रहमा यान पठाउने दोस्रो देश भएको छ । यसअघि भारतले गरेको प्रयास अन्तिम समयमा असफल भएको थियो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
-
‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’
-
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आयोजक हुँदा भारत र दक्षिण अफ्रिका पनि बाहिरिएका थिए समूहगत चरणबाटै