मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसले सञ्चालनमा ल्यायो संक्रमितका लागि छुट्टै एम्बुलेन्स सेवा

शनिबार, ०१ जेठ २०७८, २२ : ०९
शनिबार, ०१ जेठ २०७८

कांग्रेस कास्कीले कोरोना संक्रमितका लागि छुट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न असहज भएको र महँगो शुल्कसमेत तिनुपर्ने भएकाले सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताए । 

पोखराको चाउथेबाट आज   एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । 

हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलका प्रबन्ध निर्देशक एवं  कांग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई  फोर्स गाडी उपलब्ध गराएका छन् । उनले गाडीको साँचो  काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गरे ।

एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिले पार्टी सचिव देवेन्द्र रानाभाटको मोबाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोबाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरी समन्वय गर्न सक्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप