गुल्मीका पत्रकारहरुले अस्पताललाई हस्तान्तरण गरे अक्सिजन
नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पताललाई शनिवार २० वटा अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेको छ । महासंघले वैशाख २५ गतेदेखि अक्सिजन अभियान सञ्चालन गरेर देशविदेशबाट सहयोग रकम संकलन गरी पहिलो चरणमा खरिद गरिएको २० वडा सिलिन्डर जिल्ला अस्पतालाई हस्तान्तरण गरिएको हो ।
लाख मुल्यमा बुटवलको लुम्बिनी अक्सिजन उद्योगबाट मगाइएको उक्त सिलिन्डर हस्तान्तरण गरिए पछि त्यस अस्पतालमा अब ६८ भरी अक्सिजनसहितका सिलिन्डर स्टक रहेको त्यस अस्पतालका मेसु डाक्टर उक्तम पाच्याले बताए । उनले गुल्मी जिल्लाका पत्रकारहरुले यो विपदमा अत्यन्तै सह्रानिय काम गरेको भन्दै धन्यवादसमेत दिए । हस्तान्तरण पछि नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले आफुहरुले अभियान सुरु गरे देखि हालसम्म अस्पताललाई अक्सिजनको अभाव हुन नदिएको र आगामी दिनमा पनि अभाव हुन नदिने गरि सक्रिय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा