शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीको निषेधाज्ञामा कडाइ : सेना फिल्डमा

शनिबार, ०१ जेठ २०७८, २० : २५
शनिबार, ०१ जेठ २०७८

जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख शहरहरूमा सेना उतारेको छ । जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सपोर्टमा सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

प्रजिअ ढकालले कोभिड –१९ का सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढेसँगै  थप व्यवस्थित गर्न र सचेतना फैलाउन सेना परिचालन हुने छन् । प्रजिअ ढकालका अनुसार जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिका क्षेत्र आसपास अग्र भागमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सडकमा खटिएका छन् । सेनाले गस्ती गर्ने र स्थानीयलाई सम्झाउने कार्य संलग्न हुनेछन् ।

स्थानीय प्रशासनले जेठ १५ गतेसम्म सुनसरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किन रोक लगाइएको छ । त्यसैगरी मेडिकल, एम्बुलेन्स र अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ।

पूर्ण निषेधाज्ञाको समयमा कसैले उल्लङ्घन गरेको सूचना पाए सङ्क्रमण ऐन २०२० अनुसार पक्राउ गरी कारवाही गर्ने प्रहरीलाई निर्देशनसमेत दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप