बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा २६ हजार १ सय ९४ सक्रिय कोरोना संक्रमण

शनिबार, ०१ जेठ २०७८, २० : १८
शनिबार, ०१ जेठ २०७८

प्रदेश नम्बर २ मा थप ४ सय ४३ जनामा कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमित पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २६ हजार १ सय ९४ रहेको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए ।

शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पीसीआर विधिबाट ३ सय ६३ जनाको परीक्षण गर्दा १ सय ५२ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको जनाइएको छ । त्यसैगरी गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरीमा २ सय २२ जना पीसीआर परीक्षण गर्दा १ सय, गौर अस्पताल रौतहटमा १ सय ५६ को पीसीआर गर्दा ३३ र एन्टिजेन विधिबाट १६ जनाको परीक्षण गर्दा १५ जना संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै नारायणी अस्पताल विरगंजमा २ सय ८८ जनाको परीक्षण गर्दा १ सय ३१ र अन्य प्रयोगशालामा गरिएको परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । धनुषामा १ सय १५, सप्तरीमा १ सय ४, पर्सामा ९९, रौतहटमा ४९, महोत्तरीमा ३२, बारामा २३, सर्लाहीमा १०, सिरहामा ७ र अन्य प्रदेशका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. यादवले बताए ।

यस प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ६५ पुगेको डा. यादवले बताए । प्रदेशमा रहेका सक्रिय संक्रमित मध्ये ४ सय ४७ जना विभिन्न अस्पतालहरुमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित निको भएका छन् । धनुषामा ४४ र पर्सामा ४३ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ भने ४ जना कोरोना संक्रमणको कारण मृत्यू भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप