बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको चरम लापरबाहीले नागरिकको जीवन असुरक्षित बन्यो : महामन्त्री खड्का

शनिबार, ०१ जेठ २०७८, १९ : ३५
शनिबार, ०१ जेठ २०७८

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संघीय सरकार र कर्णाली प्रदेश सरकारको चरम लापरबाहीको कारणले नागरिकहरूको जीवन दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताएका छन् । 

शनिबार सामाजिक सञ्जाल फेसबुकमा खड्काले देशभरिका अस्पतालमा अक्सिजन अभाव भइरहेकै अवस्थामा कर्णाली प्रदेश अस्पताल र अन्य जिल्ला अस्पतालहरूमा पनि अक्सिजन अभावले नागरिकहरूले ज्यान गुमाउनुपरेको बताए ।

‘बिरामीको उपचारमा परेको कठिनाइ भइरहेकोप्रति संघीय सरकार र कर्णाली प्रदेश सरकारको गम्भीर रूपमा लागेर अक्सिजन लगायतका स्वास्थ्य सामग्री तत्काल व्यवस्था गर्न ध्यानाकर्षण गराउँदछु,’ उनले भने । 

अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको प्रबन्ध नगर्नु संघीय र प्रदेश सरकारको चरम लापरबाही भएको उनको भनाइ छ ।

‘गत वर्ष नै नेपालमा पुनः महामारीको प्रकोप आउन सक्ने विज्ञहरूद्वारा दिएको सुझाब र सचेत गराएको कुरालाई हल्का रूपमा लिई पर्याप्त समय हुँदाहुँदै अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको प्रबन्ध नगर्नु संघीय र प्रदेश सरकारको चरम लापरबाही हो,’ खड्काले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप