रुपन्देही काङ्ग्रेस पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

person explore access_timeजेठ १, २०७८ chat_bubble_outline0

 


नेपाली काङ्ग्रेस रुपन्देहीको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्थायी आवाद गृह बनाइएको छ । काङ्ग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तय गरेर बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्थायी रुपमा आवासको लागि दिइएको काङ्ग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।



कोरोना महामारी बढी रहेको अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भैरहेको अबस्थामा यस अघि नै काङ्ग्रेस रुपन्देहीले दुई तले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितको लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।



सोही बमोजिम भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महामारीका बेला बस्नलाई भएको असुविधालाई मध्य नजर गरि बेड समेत तयार पारी आवासको रुपमा प्रयोगमा ल्याइएको नेता रज्जाक​को भनाइ छ ।
आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सकिने र अन्य स्वास्थ्य सस्थाले समेत प्रयोगमा ल्याउन सक्ने समेत बताइएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।