बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गच्छदारकी पत्नीको निधनमा देउवाद्वारा दुःख व्यक्त

शनिबार, ०१ जेठ २०७८, १७ : ५८
शनिबार, ०१ जेठ २०७८

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधनमा काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । 
देउवाले शनिबार एक शोक वक्तव्य जारी गर्दै  निर्मलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । ‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधनको खबरले दुःखीत र मर्माहत भएको छु । नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्वर्गीय गच्छदारले पु-याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै विजयजी लगायत शोकाकूल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु’, देउवाको वक्तव्यमा भनिएको छ । 

निर्मलाको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । स्वर्गीय निर्मला लामो समयदेखि कलेजो सम्बन्धी समस्याबाट पीडित थिइन् ।  यस अघि उनलाई भारतको नयाँ दिल्ली स्थित सर गंगाराम अस्पतालमा लगेर समेत उपचार गरिएको थियो । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप