केन्द्रीय संस्करण

काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

person explore access_timeजेठ १, २०७८ chat_bubble_outline0

पछिल्लाे २४ घण्टामा काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । 
यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ । 
संक्रमणको देशभरको अवस्था हेर्नुहोस्ः


यस्तै पछिल्लो २४ घण्टामा १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । 

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४८५६ पुगेको छ । 

यस्तै  निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.