लुम्बिनी प्रदेशमा संक्रमितको संख्या ६० हजार नाघ्यो, मृतक संख्या एक हजारभन्दा बढी
शनिबार, ०१ जेठ २०७८, १७ : २५

लुम्बिनी प्रदेशमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ६० हजार नाघेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख ३१ गते साँझसम्म प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६० हजार ९६६ पुगेको छ । यस्तै मृतकको संख्या एक हजार ३५ पुगेको छ ।
वैशाख ३१ गते शुक्रबार एकैदिन एक हजार ६२९ संक्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ । सो दिन ३ हजार ७५२ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ४९८ पुगेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १८ हजार ४३० छ । तीमध्ये १७ हजार १५१ जना होम आईसोलेसनमा छन् भने एक हजार २७९ जना उपचारार्थ विभिन्न अस्पतालमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?