खाडी मुलुकमा कार्यरत नेपालीले सरकारलाई पठाए ५६० थान अक्सिजन सिलिन्डर
खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन्।
नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका हुन्।
खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट आज स्थानीय समय अनुसार दिउँसो २:३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाएका हुन्।
राजदूत पराजुलीले नेपाल र नेपालीलाई आपत परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली कामदारहरुलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरेकी थिइन्।
कोरोना महामारीको मुख्य चपेटामा परि अक्सिजन अभावले छटपटाई रहेका परेका नेपाली नागरिकहरुलाई उक्त सहयोगले केही भनेपनि राहत मिल्ने खाडीका मजदुरहरुले अपेक्षा गरेका छन्। उनी हरुले सरकारलाई उपलब्ध गराएको अक्सिजन सिलिन्डर आवस्यकता अनुसार वितरण गर्न सुझाब समेत दिएका छन्।
एनआरएनएले नेपाल अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका अन्तर्गत करिब एक हप्ताको अभियानमा ७५ लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरेर अक्सिजन सिलिन्डर नेपाल पठाएको गैर आवासीय नेपाल संघ आईसीसीका प्रवक्ता डिबी क्षेत्रीले बताए ।
उक्त परियोजनाको संयोजन एनआरएनए मध्यपूर्वले भएको थियो भने अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी ओमनले खरिद गरेको हो।
एनआरएनए, मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीका अनुसार ५६० थान अक्सिजन सिलिन्डर आज नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए।
अक्सिजन सिलिन्डरको ढुवानीको ब्यवस्था नेपाल सरकार आफैले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने