शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

शनिबार, ०१ जेठ २०७८, १७ : १३
शनिबार, ०१ जेठ २०७८

कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । 
मृत्यु हुनेमा  बर्दगोरीया २ कैलालीका ४० बर्षीया पुरुष, गोदावरी १० कैलालीका ५८ बर्षीया महिला, गोदावरी १ कैलालीका ४१ वर्षिया पुरुष, धनगढी ५  कैलालीका ५३ बर्षीया पुरुष, दशरथचन्द ४ बैतडीका ३६ बर्षीया पुरुष र गोदावरी १० कैलालीका ६४ बर्षीया पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 
त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ३५ नमुनाको परीक्षण गर्दा  ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
हाल सो अस्पतालको भेन्टीलेटरमा १, आईसीयुमा १४, अक्सिजनको सपोर्टमा ९० र अन्य सामान्य अवस्थाका २० जना उपचाररत छन् । 
यस्तै  इमर्जेन्सी वार्डमा २१ पुरुष र ८ महिलाको पनि उपचार भईरहेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप