शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल शिक्षण अस्पतालका सञ्चालक शर्माद्वारा एम्बुलेन्स प्रदान

शनिबार, ०१ जेठ २०७८, १७ : ०७
शनिबार, ०१ जेठ २०७८

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । झापा बासीको सहजताका लागि डा.शर्माले नोबेल शिक्षण अस्पतालमार्फत बुद्धशान्ति गाउँपालिका–३ स्थित महिला सामुदायिक अस्पताललाई एम्बुलेन्स प्रदान गरेका हुन् ।

       नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले करिब डेढ बर्ष अघि पार्टीको जनजागरण अभियानका क्रममा झापामा आयोजित कार्यक्रममा सो क्षेत्रलाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका थिए । सोही अनुरुप डा.शर्माले नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिती झापाको सिफारिसमा महिला सामुदायिक अस्पताललाई करिब १३ लाख मूल्य बराबरको एम्बुलेन्स निःशुल्क प्रदान गरेको क्षेत्रीय सभापति खगेन्द्र मैनालीले जानकारी दिए । एम्बुलेन्स प्रदान गरिएको सो अस्पताल समुदायस्तरबाटै महिलाले मात्र सञ्चालन गरेका हुन् । अहिले सो एम्बुलेन्सले कोरोना संक्रमितलाई लक्षित गरी सेवा प्रदान गर्न थालेको छ ।

       एम्बुलेन्सको अभावमा समयमै अस्पताल पुग्न नपाएर विरामीको मृत्यु नहोस् भन्ने उद्धेश्यले एम्बुलेन्स प्रदान गरेको डा.शर्माले बताए । 
       डा.शर्मा झापाको दमकस्थित दुम्सेमा जन्मिएका हुन् । निम्न आर्थिक अवस्थाको परिवारमा हुर्किएर निकै दुख, कष्ट गरी छोटो समयमै आर्थिक रुपमा छलाङ मारेका डा.शर्मा अहिले समाजसेवामा सक्रिय छन् । विराटनगरमा निजी क्षेत्रबाट पूर्वी नेपालकै सबैभन्दा ठूलो नोबेल अस्पताल सञ्चालन गरेका डा.शर्माले हजारौं गरिब तथा बिपन्न विरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप