शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनासँग लड्न रजनीकान्तले दिए एक करोड

शनिबार, ०१ जेठ २०७८, १६ : २८
शनिबार, ०१ जेठ २०७८

कोरोनासँग लड्न अभिनेता रजनीकान्तले एक करोड दिएका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएका हुन् ।
यसको अलवा उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड दान दिएकी छन् । जसको जानकारी सामाजिक संजाल मार्फत सौन्दर्याले दिएकी छन् ।

सौन्दर्यले सामाजिक संजालमा लेखेकी छन् ‘मेरो ससुरा, श्री एसएस वनन्गमुडी, पति विशगत, उनकी बहिनी र म मुख्यमन्त्री एमके स्टालिन सरलाई भेटेर हामीले मुख्यमन्त्री राहत कोषमा एक करोडको योगदान गरेका छौ ।’ 
हाल रजनीकान्तले सोशल ड्रामा फिल्म ‘अन्नथे’को सुटिङमा गरिरहेका छन् । फिल्मको आधा सुटिङ सकिएको छ, भने बाँकी सुटिङ कोरोनाको स्थिति ठिक भएपछि हुनेछ ।

फिल्ममा रजनीकान्तको साथ नयनतारा र कीर्ति सुरेशको पनि अभिनय रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप