विराटनगरमा निषेधाज्ञा अवधिमा उकालो लाग्दै कोरोना संक्रमितको ग्राफ

जिल्ला प्रशासन कार्यालय मोरङले कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण फैलिएको भन्दै विराटनगरमा वैशाख १८ गते निषेधाज्ञा जारी गरेर पहिलो पटक एक साताका लागि आवत–जावतमा प्रतिबन्ध लगायो । सो समय पूरा भएलगत्तै संक्रमणको चेन ब्रेक गर्न भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याइयो । र, यो क्रम आज शनिबारसम्म आइपुग्दा दुई साता पुरा भएको छ ।
यस्तै शनिबार रातिनै देखि लागु हुने गरी प्रशासनले निषेधाज्ञा थप १० दिन लम्ब्याएको छ । निरन्तरको निषेधाज्ञाले विराटनगरमा मानिसहरुको चहलपहल केही कम भएपनि संक्रमित घटेका छैनन् । बरु दुई साताको अवधिसम्म आइपुग्दापनि कोरोना संक्रमितको ग्राफ दिनहुँ उकालो लागिरहेको छ ।
निषेधाज्ञा जारी हुने अघिल्लो दिन अर्थात् वैशाख १७ गते विराटनगरमा सक्रिय संक्रमितको संख्या १ हजार ७९ थियो । जबकी वैशाख ३१ गते प्रदेशको राजधानी समेत रहेको विराटनगरमा यो संख्या बढेर ४ हजार चार सय ७ पुगेको छ।
निषेधाज्ञाको दुई साताको अवधिको ग्राफ ह्वातै बढ्यो
वैशाख १७ गते विराटनगरमा १ सय १९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्थात निषेधाज्ञाको पहिलो दिन वैशाख १८ गते विराटनगरमा ८१ जना संक्रमित थपिए । यो अघिल्लो दिनको भन्दा आधा संख्यामा कमी थियो । तर, निषेधाज्ञाको दोस्रो दिन अर्थात् वैशाख १९ गते संक्रमितहरु ह्वात्तै बढेर २ सय १ जना पुगे । त्यस समय यतादेखि निरन्तर संक्रमितको संख्याको चाप उकालो लाग्यो ।
वैशाख २० गते २ सय २६ जना थपिए । वैशाख २१ मा संक्रमितको संख्यामा केही कमी हुँदै १ सय ६९ जनामा सीमित भए ।
यसैगरी वैशाख २२ गते १ सय ८७ जना संक्रमित थपिए भने वैशाख २३ गते २ सय माथि उक्लिँदै २ सय ४४ जना थपिए । वैशाख २४ गते संक्रमित हुनेको दर उच्च हुँदै ३ सय ६३ जना पुगे । वैशाख २५ गते १ सय ८७ जना संक्रमित थपिए । वैशाख २६ गते २ सय ४ जना संक्रमित थपिए भने ७ गते फेरि संक्रमितको संख्या एकै दिन ३ सय १ जना पुगे ।
त्यसपछिका दिन निरन्तर ३ सयको हाराहारीमा संक्रमितको संख्या रह्यो । जसमा बैशाख २८ गते ३ सय ७ जना, २९ गते ३ सय १६ जना रह्यो र वैशाख ३० गते २ सय ९६ जना र वैशाख ३१ गते संक्रमितको संख्या ओरालो लाग्दै २ सय ४५५ मा झरेको छ । दुई साता लामो निषेधाज्ञाको अवधिमा सबै भन्दा बढी वैशाख २४ गते ३ सय ६३ जना संक्रमित एकै दिन थपिएका थिए।
विराटनगर महानगरपालिकाको अभिलेख अनुसार प्रदेशको कुल जिल्ला मध्ये मोरङमा सबै भन्दा बढी नयाँ संक्रमित थपिने दर उच्च छ । त्यसमा महानगर क्षेत्रमा मात्र निषेधाज्ञाको अवधिमा ५३ प्रतिशतले नयाँ सङ्क्रमित थपिएका छन् ।
विराटनगर महानगरपालिकाका कोभिड संयोजक हैदर अलीले निषेधाज्ञा जारी भएपनि प्रभावकारी नहुँदा मानिसको आवाजावत उत्तिकै मात्रामा रहेकाले महामारी रोकथाम र नियन्त्रणमा चुनौती थपिएको बताए ।
संयोजक अलीले प्रदेश १ का राजधानीसमेत रहेको विराटनगरमा सङ्क्रमण दर उच्च बन्दै गएकाले त्यसको रोकथाम र नियन्त्रणका लागि केही समयका लागि कर्फ्यु लगाएर सो अवधिमा प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा माहामारी नियन्त्रण र रोकथाममा केन्द्रीत हर्नुपर्ने बताए ।
संयोजक अलीका अनुसार अहिले ३ हजार ७ सय ७५ संक्रमित होम आइसोलेसनमा रहेका छन्। बैशाख महिना भरी ४ सय २० जना संक्रमित निको भएका छन् भने ४१ जनाको मृत्यु भएको छ । विराटनगरका तीनवटा कोभिड विशेष अस्पतालमा आईसीयुमा २१ भेन्टिलेटरमा पाँच अक्सिजन बेडमा ६२ र अस्पतालले तयार पारेको क्वारेन्टाइन बेडमा १३ जना रहेका छन्।
विराटनगर महानगरपालिका कार्यालयका अनुसार वैशाख १ मा प्रदेशभरी कुल २० जना संक्रमित हुँदा विराटनगरका मात्र १६ जना भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर
-
हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान
-
कोहली र पाटिदार चम्किँदा बेंगलुरुले मुम्बईलाई दियो २२२ रनको लक्ष्य
-
आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान
-
प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी