कोरोनाका कारण रौतहटमा एक स्वास्थ्यकर्मीसहित ३ को मृत्यु
शनिबार, ०१ जेठ २०७८, १२ : ३५
रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् ।
कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ बर्षिय उनको गएराति मृत्यु भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बताए ।
त्यस अघि बृन्दाबन घर भएका स्वास्थकर्मी रवि यादवको पनि तराई अस्पताल वीरगंजमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको थियो ।
यसैगरी कोरोनाकै कारण चन्द्रपुरका ४० बर्षिय धरम राम र फतुवा विजयपुरका ४० वर्षीय अवध बिहारी राउतको पनि शुक्रबार साँझ उपचारको क्रममा भवानी अस्पताल वीरगंजमा मृत्यु भएको सिडियो यादवले बताए ।
यसका साथै रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल